२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालबारे कांग्रेस नेता विश्वकर्माले गरे यस्तो खुलासा, अब के हुन्छ ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले संसदको पूर्ण आयु कार्यान्वयन गराउनु आफुहरुको मिसन भएको बताउनुभएको छ ।  

बिहीबार काठमाडौंमा आयोजिक एक अन्र्तक्रियामा बोल्दै नेता विश्वकर्माले संसदको पूर्ण आयु कार्यान्वयन गराउने आफुहरुको मिसन भएकाले मिसन पुरा गराउनका लागि सरकारलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ । उहाँले नेकपा(एमाले)को निर्णयबाट गठबन्धन नबनेको टिप्पणी गर्दै माधव नेपालको राजनतिक निर्णयका कारण गठबन्धन बन्न सफल भएको बताउनुभयो । 

उहाँले माधव नेपाल पक्षधरले सरकारलाई विश्वासको मत दिने दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘संसदको पूर्ण आयु कार्यान्वयन गर्नका लागि हाम्रो मिसन हो । त्यो मिसन सक्सेस गर्नका लागि सरकार टिकाउनुपर्छ । सरकार टिकाउन विश्वासको मत दिनुपर्छ । माधव नेपालले पटक पटक राजनीतिक निर्णय गरेर आउनुभएको छ । उहाँले म विश्वासको मत दिनुहुन्छ ।’