२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता मान्छे कोरोनाबाट मर्ने सम्भावना बढी



अ+ अ-

काठमाडौं । ब्यायाम गर्दा शरीर फिट तथा स्वस्थ हुन्छ । कोरोनाको जोखिमबाट बच्नका लागि सबैले व्यायाम गर्नु जरूरी छ । 

ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा छापिएको अध्ययनअनुसार, व्यायाम नगर्ने मानिस कोरोनाका कारण मर्ने सम्भावना बढी छ । 

अध्ययनमा ५० हजारजना कोरोना संक्रमितलाई हेरिएको थियो । दुई वर्षदेखि कुनै व्यायाम नगरेकाहरूमा संक्रमण बढी देखिएको पाइयो । 

अनि खोप लगाएका मानिसमा कोरोनाका कारण हुने मृत्युको आँकडा एकदमै कम रहेको तर खोप नलगाउनेहरूमा कोरोनाको प्रबल जोखिम रहेको पनि अध्ययनमा देखिएको छ । 
 
खोप लगाएका मानिसलाई पनि कोरोना लागेकाले नियमित व्यायाम जरूरी रहेको विज्ञहरू बताउँछन् । बढ्दो उमेर, चिनीरोग, मोटोपन तथा मुटुरोग भएकाहरूलाई कोरोनाले ज्यानको जोखिम बढाउने देखिएको छ । अनि नियमित व्यायाम नगर्नेहरूलाई झनै बढी असर गर्ने गरेको पाइएको छ ।