२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानी राखौ,आँकका २ पात जसले च्वाट्टै पर्छन सुगर अर्थात् मधुमेह !



अ+ अ-

काठमाडौं । मधुमेह भएका मानिसलाई सामान्य जीवन जिउनका लागि के खाने के नखाने भन्ने विषयमा धेरैथरी परिवर्तन ल्याउनुपर्ने हुन्छ । 

रगतमा चिनीको स्तर कम गर्ने खानेकुरा मात्र खानुपर्ने हुन्छ । आँपको पातले चिनीको मात्रा घटाएर मधुमेहलाई नियन्त्रण गर्न सहायता गर्छ । 

आँपको पातमा पेक्टिन, भिटामिन सी र फाइबर हुन्छ । पातको म्यांगिफरिनमा एन्जाइम अल्फा ग्लुकोसिडेज निकाल्ने क्षमता हुन्छ र यसले आन्द्रामा कार्बोहाइड्रेट मेटाबोलिजम घटाउन सहायता गर्छ । यसबाछ रगतमा चिनीको स्तर नियन्त्रणमा रहन्छ । 
ग्लुकोजको इन्सुलिन उत्पादन र वितरणलाई थप राम्रो बनाउन यो प्रभावकारी हुन्छ । यसले चिनीको मात्रालाई स्थिर गर्न पनि सहायता गर्छ । 

आँपको पातले मधुमेह र कोलेस्ट्रोल दुवैलाई नियन्त्रणमा राख्छ । शरीरको खराब कोलेस्ट्रोल स्तरलाई यसले घटाइदिन्छ । बारम्बार पिसाब लाग्ने, तौल घट्ने, धमिलो देखिने जस्ता मधुमेहका लक्षणमा यो प्रभावकारी उपचार हो । 

दशदेखि १५ वटा आँपका पातलाई १०० देखि १५० मिलीलिटर पानीमा उमाल्नुस् । रातभरि त्यसलाई त्यत्तिकै रहन दिनुस् । बिहान त्यो पानीलाई छानेर खाली पेटमा पिउनुस् । 

नियमित रूपमा बिहान खाली पेटमा यस्तो पानी पिउँदा केही महिनामै शरीरमा आश्चर्यजनक परिणाम देखिन्छ । 

यो घरेलु उपचारमा मात्र भर चाहिँ नपर्नुस् । मधुमेहका लक्षण देखिए भने तत्कालै चिकित्सकलाई देखाउनुस् । 

अनि खानेकुरामा पनि परहेज गर्ने गर्नुस् ।