५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

न्यौपानेले आफूलाई कांग्रेस संसदीय दलको कार्यालयमा बोलाइएको जानकारी दिनुभयो । सभामुखमा उम्मेदवारीका लागि कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको बताइएको छ । छलफल सकिएपछि उम्मेदवारी दर्ता गरिने बुझिएको छ ।

यसअघि कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुर्ने बताएको थियो । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि मात्र उम्मेदवारीका बारेमा टुङ्गो लाग्ने बताइएको थियो ।

पदाधिकारी बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी ९जसपां अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो ।