२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोधनान्तर बचत घाटामा पुग्यो



अ+ अ-

काठमाडौं । केही महिनादेखि क्रमशः संकुचन हुँदै गएको शोधनान्तर बचत गत जेठ मसान्तमा घाटामा पुगेको छ । विप्रेषण आय लगातार बढे पनि चालू खाता घाटा बढ्दै गएर शोधनान्तर घाटा भएको हो । यसले बाह्य क्षेत्रमा दबाब परेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । केही महिनायता विप्रेषण आप्रवाह वृद्धि हुँदै आए पनि चालू आवको ११ महिनाको अन्त्यमा शोधनान्तर स्थिति रू १५ अर्ब १५ करोडले घाटामा रहेको छ । गतवर्षको सोही अवधिमा रू १ खर्ब ७९ अर्ब ३७ करोडको शोधनान्तर बचत थियो । यसै अवधिमा चालू खाता घाटा पनि अत्यधिक बढेर रू २ खर्ब ९३ अर्ब ९७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा चालू खाता रू ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा हिसाब गर्दा गतवर्षको जेठसम्ममा १ अर्ब ५० करोडको शोधनान्तर बचत थियो, यस वर्ष भने यो १४ करोड ८ लाखले घाटामा छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।