• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस

हाम्रो पात्रो हेल्थमा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्श



काठमाडौँ । स्वदेश अनि विदेशमा रहेका नेपालीहरूलाई विगत १२ वर्षदेखि निरन्तर जोड्दै आएको नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय हाम्रो पात्रो एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको १ वर्षभित्र ३००० भन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा बढी डाक्टरहरूलाई इन्टरनेट पहुँच पुगेका नेपाली गाउँ, सहर तथा प्रवासबाट जोड्न सफल भइसकेको छ।

यस सेवा मार्फत् डाक्टर खोज्न, डाक्टरसँग एपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न मिल्छ।

यस हाम्रो पात्रो हेल्थ सेवाले आफ्नो प्लेटफर्मलाई नगरपालिकाहरूको लागि खुला गरेको छ। नगरपालिकाहरूले हाम्रो पात्रो हेल्थ मार्फत् आफ्ना नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग घरबाट नै निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गर्न सक्नेछन्।

चाँगुनारायाण नगरपालिकाले हाम्रो पात्रो हेल्थ मार्फत् नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग घरबाट निःशुल्क परामर्श सेवा सुरु गरेको छ। आज एक समारोह बीच चाँगुनारायण नगरपालिका प्रमुख श्री जीवन खत्रीज्युले नगरका डाक्टर श्री शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिनुभएर सेवाको शुभारम्भ गर्नु भयो। शुभारम्भ पश्चात् बोल्दै उहाँले भन्नुभयो – “नगरपालिकाको उद्देश्य अनुसार नगरवासीहरूलाई स्वास्थ्यसेवा सहजरूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्याउँछ भन्ने विश्वास लिएको छु। भौगोलिक तथा यातायातको समस्या रहकेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुने छ। ”

“नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थ मार्फत् आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिनु भएको छ। आगामी दिनमा धेरै नगरपालिकाहरूले नगर भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग निःशुल्क परामर्श सेवा उपलब्ध गराउनु हुनेछ। नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा हामी खुसी छौँ।” ( हाम्रो पात्रोको संस्थापकर सीईओ शंकर उप्रेतीले बताउनुभयो।