२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

छालामा अचानक निलो दाग देखिनुको कारण के हुनसक्छ ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । पुरातन समाजमा एउटा अन्धविश्वास छ, शरीरमा अचानक निलो दाग देखिए, बोक्सीले टोकेको भनिन्छ । यस्तो दाग अनायसै देखापर्छ । कुनै बाहिरी कारण हुँदैन । न चोटपटक हुन्छ, न अरु केही । राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग रु के यसले स्वास्थ्यमा असर गर्छ रु

किन बस्छ निलो दाग ?

छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ । चोट लाग्दा शरीरले देखाउने एक प्रकारको प्रतिक्रिया हो यो । मेडिकल भाषामा यसलाई ‘कन्टूशन’ अर्थात भित्री चोट भनिने गरिन्छ । तर, विना चोटपटक पनि यस्तो दाग हुन सक्छ ।

भिटामिन र मिनरल्सको कमी

कतिपय भिटामिन र मिनरलले तरल पदार्थबाट रगत बनाउने र घाइते भएको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले यसको कमी हुँदा छालामा निलो दाग देखिने गर्छ । भिटामिन ‘के’ले रगत जमाउने काममा भूमिका खेल्छ । जसको कमीले पनि रगत जम्ने प्रक्रिया प्रभावित पर्नइ जान्छ र निलो दाग देखिन सक्छ ।

यसमा भिटामिन सीको पनि भूमिका हुन्छ । भिटामिन सीले कोलोजन र अन्य घातक तत्वबाट बचाउनुका साथै रक्त नलीमा भित्री चोट लाग्नबाट जोगाउँछ । त्यसैले शरीरमा भिटामिन सीको कमीबाट पनि निलो दाग देखिन सक्छ । यस्तो भिटामिनको कमी भएमा शरिरमा लागेको चोट निको हुन लामो समय लाग्ने गर्छ ।

जिंक र आइरन जस्ता मिनरलले शरिरमा लागेका चोटलाई छोटो समयमा निको पार्ने काम गर्छ । आइरनको कमीले एनिमियाको समस्या पनि हुन सक्छ । जुन शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण पनि हो ।

वन विलीब्रान्ड डिजीज

वन विलीब्रान्ड डिजीज एक यस्तो समस्या हो जसको कारण अत्याधिक रक्तश्राव हुने गर्छ । वान विलीब्राण्ड नामक प्रोटीनको तुलनामा रगतको कमी भएमा यस्तो समस्या हुने गर्छ । यो रोग लागेमा चोट(पटकपछि अत्याधिक रगत बग्ने गर्छ । यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग देखिने गर्छन् ।

क्यान्सर वा किमोथेरापी

किमोथेरापीको अवस्थामा ब्लड प्लेटलेट्स ४ लाख भन्दा तल अउन सक्छ । यस्तो अवस्थामा शरिरमा पटक(पटक निलो दाग देखिने गर्छ । निलो दागलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दाग क्यान्सरको संकेतसमेत हुन सक्छ ।

थ्रोन्बोफिलिया

ब्लीडिग डिसअर्डरको कारण पनि यस्तो समस्या हुन सक्छ । थ्रोन्बोटिक थ्रोन्बोसाइटोपेनिया पप्र्यूरा (टीटीपी) वा आइडियोपेथिक थ्रोन्बोसाइटोपेनिक पप्यूरा (आइटीपी) भएमा प्लेटलेट्स कम हुने गर्छ । यसले शरिरको रगत उत्पादन गर्ने क्षमतालाई पनि कमजोर बनाउने काम गर्छ । जसले गर्दा पनि शरिरमा निलो दाग देखिन सक्छ ।

कोलोजनको कारण

बंशाणुगत कारणले पनि छालामा निलो दाग देखिन भूमिका खेल्छ । कोलोजन नामक विकार तत्वको कारणसमेत यस्तो समस्या हुन्छ । कोलोजनले कोशिका र रक्त नलीलाई कमजोर बनाउँछ र त्यस्ता नली सजिलै टुटेर जान सक्छन् । जसले गर्दा शरिरका कैयौँ ठाउँमा निलो दाग देखिने गर्छ ।

औषधी र सप्लीमेन्ट

कुनै कुनै औषधी र सप्लीमेन्ट प्रयोगको कारण पनि छालामा निलो दाग देखिने गर्छ । वार्र्फेरन र एस्पिरिन जस्ता रगत पातलो बनाउने औषधीको प्रयोग गर्दा कतिपयलाई यस्तो समस्या हुन्छ । किनकी यस्तो औषधीले रगतलाई जम्नबाट रोक्ने काम गर्छ । यसका साथै प्राकृतिक सप्लीमेन्ट जस्तो की जिन्को विलोवा, माछाको तेपल, लसुनको बढी प्रयोगले पनि रगत पातलो बनाउँछ ।

बढी एक्सरसाइज

शरिरमा निलो दाग हुनुको अर्को कारण अत्याधिक एक्सरसाइज पनि हुन सक्छ । आवश्यकताभन्दा बढी एक्सरसाइज गर्दा मांशपेशीमा चाप पर्न जान्छ । बढी तौल उठाउँदा पनि मांशपेशीमा अतिरिक्त बल पर्ने गर्छ । जसले गर्दा शरिरका विभिन्न भागमा निलो दाग देखिने गर्छन् ।

बुढ्यौली

घरमा भएका बढी उमेरका मानिसको शरिरमा निलो दाग बसेको देख्नुभएकै होला । शरिरमा देखिने यस्तो निलो दाग रातो रङबाट शुरु हुने गर्छ । अनि पर्पल र गहिरो रङ भएर जान्छ । र, विस्तारै निको हुन्छ । यसरी बढी उमेरका मानिसमा दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो किरणले रक्तनलीलाई कमजोर बनाउँछ । 

(एजेन्सीको सहयोगमा)