काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ ।
प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा एमाले बैठक बसेको हो ।
बैठक सुरू गर्दै अध्यक्ष ओलीले आफूहरूमाथि अन्याय भएको बताउनुभएको छ ।
‘हामीमाथि अन्याय भएको छ। तर हामी आवेश र उत्तेजनामा नआई जनतामा जानुपर्छ’, उहाँले भन्नुभयो, ‘यो जनादेशले बनेको सरकार होइन, परमादेशले बनेको सरकार हो। हामी जनादेशबाट सरकारबाट बाहिरिनु परेको होइन। परमादेशबाट हो। न्याय पाउने ठाउँबाट हामीमाथि अन्याय भयो।’
यस्तै उहाँले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताउनुभयो ।
बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको रहेको छ ।