६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशद्वारा प्रहरी भर्ना रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता (भिडियोसहित)



अ+ अ-

धनुषा । मधेस प्रदेशले प्रहरी भर्ना रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । सङ्घीय सरकारले प्रहरी समायोजन नगरी प्रहरी भर्नाको विज्ञापन गरेको भन्दै मधेश प्रदेशको आन्तरिक मामिला मन्त्रालयले मुद्दा दायर गरेको हो । प्रहरी समायोजन नगरी प्रहरी भर्नाको विज्ञापन गर्दा प्रदेशको क्षेत्राधिकार मिचिएको उसको जिकिर छ ।

रिटमा विज्ञापन रोक्न माग गर्दै प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री चता मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । प्रहरी समायोजनका लागि बारम्बार ताकेता गर्दा पनि सङ्घीय सरकारले अटेरी देखाएको र विज्ञापनसमेत गरेकोले उत्प्रेषणयुक्त परमादेशसमेतको माग गरी मुद्दा दर्ता गरिएको मधेश प्रदेशका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।

संविधानमा एकल अधिकारको सूचीमा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारको जिम्मामा रहेको र त्यही अनुसार प्रदेश प्रहरी गठन तथा प्रहरी समायोजन भई निश्चित तहसम्म भर्ना गर्ने अधिकार प्रदेश सरकारलाई भएको उहाँको जिकिर छ ।