२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण फागुन दोस्रो सातामा



अ+ अ-

धरान । मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढा सुब्बा फुटबल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ ।

विसं २०७६ मा सम्पन्न २२औँ संस्करणपछि कोभिडका कारण २०७७/७८ मा बुढासुब्बा गोलकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।

कोरोना महामारीले भएको आर्थिकमन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सदा झै आठ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन् । काठमाडौँका दुई, पोखराको एक, भारतको दुई र प्रदेश १ बाट आयोजकसहित तीन क्लबका स्तरीय टिमले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिए ।

एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लबले जनाएको छ । दुई वर्षदेखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालासँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिए । आर्थिक अभावले २२औँ संस्करणको बाँकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ ।

अध्यक्ष राईले २३औँ संस्करण भव्य समापन गरेर क्लबको नेतृत्व हस्तानतरण गर्ने तयारी गरेको जानकारी गराए । २२औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ विजयी भएको थियो ।