२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता



अ+ अ-

तासकेन्त । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई थप सुदृढ बनाइने बताउनुभएको छ । आज उहाँले रुसी विदेशमन्त्री सेरगइ लाभरोभसँगको भेटका क्रममा सो कुरा बताउनुभएको हो । उहाँहरुबीच बिहीबार भेटवार्ता भएको थियो । त्यस क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्धका विभिन्न पाटोहरुका बारेमा कुराकानी गर्नुभएको थियो । 

त्यस भेटवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा भएको भिडियो वार्ता र त्यस वार्ताका क्रममा दुई देशका राष्ट्रपतिका बीचमा भएको महत्वपूर्ण बैठकको स्मरण गर्नुभएको थियो । 

दुई देशका राष्ट्रपतिका बीचमा गत जनु महिनामा भिडियो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा उहाँहरुबीच पनि आगामी दिनमा ती दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै लैजाने विषयमा सहमति भएको थियो । त्यस वार्ताका क्रममा उहाँहरुद्धारा संयुक्त प्रेस वक्तव्य पनि जारी भएको थियो । यस वर्ष सांघाइ कोअपरेसन अर्गनाइजेसनको २० औँ वार्षिकोत्सव भएकोले यस अवसरमा पनि चीनले रुससँगको सहयोग, समन्वय र साझेदारीमाथि थप जोड दिन चाहेको धारणा पनि चिनियाँ विदेशमन्त्री वाङले दिनुभयो । 

त्यस भेटका क्रममा उहाँहरुबीचमा क्षेत्रीय चासोका विभिन्न विषयमा पनि कुराकानी भएको थियो । त्यस अवसरमा उहाँहरुले दुई देशले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि औषधि तथा खोपको सहयोग आदानप्रदान गर्ने मात्र नभएर राजनीतिक भाइरसका विरुद्धमा पनि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । 

उहाँहरुका बीचमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुका साथै त्यहाँ शान्ति स्थापनाका विषयमा पनि छलफल भएको थियो । अफगानिस्तानमा शान्ति स्थापनको काममा सहयोग गर्र्ने उहाँहरुले बताउनुभएको समाचारमा जनाइएको छ । (रासस-सिन्ह्वा)