२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीमा समितिको नयाँ सर्भर सफ्टवेयर संचालनमा



अ+ अ-

काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा आएको छ । साउन १ गते शुक्रवार एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रिबन काटेर नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन  गर्नुभएकोे  हो । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताउनुभयो । 

प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसाथ गर्दै यो चरणमा आइपुगेका हो, उहाँँँले  भन्नुभयोे, यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नैपर्छ ।  फिजिकली इन्टरफेशलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने बताउँदै अध्यक्ष सिलवालले यसबाट समयको वचतसँगै इमान्दार व्यवसायिक प्रयास भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीसँग बीमा पटक पटक विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकोले सही ििवरण दिने प्रयत्नले नयाँ सफ्टवेयर नयाँ सर्भर ल्याएको बताउनुभयो । अब कुन कम्पनीको अवस्था कस्तो छ भनेर हेर्न सहज भएको छ, निर्देशक पौडेलले भन्नुभयोे, बीमा कम्पनीसँग अब चाँडै जोडिएर यो सफ्टवेयरलाई धेरै भन्दा धेरै चलायमान बनाउनेछौँ ।

यो सूचना प्रविधिको जमाना भएकोले चाँडो भन्दा चाँडो जनतालाई सही जानकारी दिने उहाँँको भनाइ छ । बीमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई भएकोले समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रुपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ । समितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभइ सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट तपशील बमोजिम दैनिक,मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्न सक्नेछन् ।

यसमा कानून, उजुरी, नियमन, नीति विश्लेषण, परिपालन, दाबी तथा सम्पत्ती शुद्धिकरण, बीमालेख तथा बीमाङ्की, अण्डराइटिङ, वित्तीय लेखा परीक्षण, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्नेछन् । त्यस्तै स्थलगत सुपरिवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, इजाजत, बीमा अभिकर्ता र सर्भेयर, व्यवस्थापन सूचना प्रणालीसम्बन्धी विवरणहरु पनि अनलाइन माध्यमबाटै पेश गर्न सकिनेछ । त्यस्तै समितिको आन्तरिक तथ्यांक व्वस्थापनमा र बीमकहरुबाट प्राप्त हुने विविध प्रकृतिका तथ्यांकहरु व्यवस्थापन गर्नका लागि नयाँ सफ्टवेयर जडान गरिएको हो । 

यस सफ्टवेयर मार्फत समितिको काम कारबाहीमा सहजता हुनुका साथै बीमकहरुबाट प्राप्त हुने तथ्यांक एवं सूचनाहरु व्यवस्थापनमा सहज हुनेछ । यो समग्र बीमा क्षेत्रलाई नै प्रविधिमैत्री र बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले बीमा समितिमा नयाँ सफ्टवेयर इन्स्योरेन्स लेगुरटरी म्यानेजमेण्ट इन्फर्मेशन सिस्टम (आइआरएमआइएस) जडान गरिएको हो ।