• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे

नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति रियल मड्रिडको समवेदना सन्देश



एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

रियलले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा स्टाटस लेख्दै विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको हो ।

रियलले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘नेपालमा भएको दुःखद विमान दुर्घटनामा आफ्ना प्रियजन गुमाएका सबै परिवारमा हाम्रो समवेदना। हाम्रो सबै शक्ति र साहस पीडित परिवारलाई पठाउँछौँ।’

आइतबार भएको विमान दुर्घटनामा चालक दलका ४ र १५ जना विदेशी गरी ७२ जना यात्रु सवार थिए । दुर्घटनामा हराइरहेकाहरुको अहिले पनि खोजी कार्य जारी छ । यो समाचार तयार पार्दासम्म ६९ जनाको शव भेटिएको छ ।