२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । 

शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले यसबारे जानकारी गराएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवासँगको आजको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ ।