५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान यात्रुको बकपत्र – एक जना सिभिलियनलाई किन ककपिटभित्र लगियो ,त्यो उड्डयन सुरक्षाको गंभीर उल्लंघन थियो



अ+ अ-

विराटनगर जाँदै थिएँ । प्लेनमा म ढिलै पुगेको थिएँ । एकजना मेरो सिटको समानान्तर सिटमा बसेको महानुभाव एयर होस्टेससँग कुरा गर्दै थिए । पूरै अंग्रेजी (मिस्रित उच्चारण सहित) ।

एक छिनमा उनी पाइलट भएको ठाउँ (ककपीट) मा गए केहीबेर वार्तालाप गरे । प्लेन साविकमै डिले भैसकेको थियो । प्लेन हिँड्ने तरखरमा थियो । मैले एयर होस्टेसलाई उड्डयन सुरक्षा उल्लंघनमा माफी माग्न भनेँ । मेरो तर्क थियो, एक जना सिभिलियनलाई किन ककपिटभित्र लगियो । त्यो उड्डयन सुरक्षाको गंभीर उल्लंघन थियो भन्ने मेरो दावी थियो ।

त्यसैमा ती महाशयले मलाई नै थर्काउन थाले । म भित्र गएकोमा तँलाई के को आपत्ति ? मलाई चिनेको छस् ? मैले नचिनेको र चिन्न आवश्यक नभएको पनि बताएँ । मेरो चासो उड्डयन सुरक्षा उल्लंघन गरेको भन्ने मात्र सरोकार थियो । अनि उसले आफ्नो पहिचान बतायो । उ विराटनगर विमानस्थलको हाकिम रहेछ । उसले भन्यो, “मैले उड् भने उड्छ नउड् भने उड्दैन ।” त्यो अधिकार हामीसँग हुन्छ भन्ने दावी पनि उसले गर्यो ।

विराटनगरको प्राविधिकको हैसियतमा त त्यो होला तर अहिले यात्रुको रुपमा रहँदा त होइन होला भनेँ। हामी चौबिसै घन्टा ड्यूटीमा हो, हामीले जे गर्न पनि सक्छौँ भन्यो । यति समय भित्रै उसले मलाई ओराल्ने धम्की दिइराखेको थियो, मलाई देखाइदिन्छु भन्दै थियो नभन्दै उसले एयरपोर्ट प्रहरी बोलायो, मलाई ओराल्ने आदेश दियो ।

अन्तिममा भित्रबाट मूल पाइलट आएर मलाई तपाईं विराटनगर जाने कि ओर्लने ? भनेर भन्यो । मानौँ कि म विराटनगर जाने बसमा कलंकीमा सहचालकसँग गलफत्ती गरेको जस्तो । भोलिपल्ट महत्त्वपूर्ण मुद्दा थियो, विराटनगर उच्च अदालतमा । थप झगडा गर्नुभन्दा सरी भनेर उड्नु नै श्रेयस्कर ठानेँ।

सवार यात्रु कोही कसैले केही चुँक्क बोलेन । मानौँ की सुरक्षा संवेदनशीलता मेरो मात्र चासोको विषय थियो । महाशय मलाई धम्काउँदै थियो । ठेगान लगाइदिन्छु भन्दै थियो । नभन्दै विराटनगरमा अवतरण गर्ने वित्तिकै प्रहरी बोलाएर मलाई अभियुक्त झैँ जिम्मा लगायो ।

मेरो सिटमा सँगै बस्ने एक जना महिला थिइन् । उनी तात्कालीन संसद्मा नेकपा (एमाले) तर्फबाट निरु पाल रहिछन् । मैले नाम त सुनेको, तर अनुहारले नचिन्ने । जहाजभित्रको गलफत्तीमा मलाई आफ्नो कारणले अरु यात्रुलाई डिस्टर्ब नगर्न सुझाएकी थिइन् । ओर्लने क्रममा मलाई प्रहरीले पक्राउ गर्दै गर्दा चाहिँ उहाँको कुनै गल्ति छैन है सम्म भनेकी थिइन् । तर, बहालवाल सांसदले त्यसरी मौनता साँध्नु, त्यसमाथि प्रधानमन्त्रीको नजिकको व्यक्ति । के नीति बनाउलान् यस्ताले ।

मेरो चासो उड्डयनतिरै थियो । म प्रहरीको जिम्मामा आइसकेको थिएँ । प्रहरीले मेरो मादक पदार्थ आदि परीक्षण गर्यो । केही पाउने कुरै थिएन । यो बीचमा मैले पनि आफ्नो केही चिनजानको मान्छेसम्म सम्पर्क बनाइसकेको थिएँ ।

मलाई ती सिटौला थर भएको हाकिमको कचहरीमा लगियो । मलाई या त माफी माग्ने या दुर्व्यवहारमा मुद्दा फेस गर्ने विकल्प सुझाइयो । म मेरो मिसनमा थिइनँ, पक्षको आवश्यकताले विराटनगर गएको थिएँ । मैले मेरो च्यालेन्जभन्दा पनि पक्षको आवश्यकतालाई प्रधान मानेँ । भोलिको मुद्दामा प्रतिनिधित्व मूल कुरा थियो, हाकिमसँग टसलभन्दा पनि । म हाकिमसँग क्षमा माग्दै लागेँ ।

प्रसंग हवाई सुरक्षाको संवेदनशीलता न विमानस्थल हाकिमसँग रह्यो, न पाइलटसँग । एयर होस्टेस त विचरानै भइन् । अनि हवाई दुर्घटना बारबार नभएक के हुन्छ तर  ? पोखरा दुर्घटनामा दिवंगत सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारप्रति समवेदना प्रकट गर्दछु ।