१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाः आज राष्ट्रिय शोक, सार्वजनिक बिदा



अ+ अ-

काठमाडौँ । चालक दलका सदस्यसहित ७२ यात्रु लिएर काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख प्रकट गर्दै सरकारले शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

यती एयरलाइन्सको जहाज आइतबार सेतीखोँचमा दुर्घटना हुँदा ६६ जनाले ज्यान गुमाएका छन् भने ६ यात्रु अझै बेपत्ता छन् ।

दुर्घटनापछि आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज सोमबारलाई राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू आज विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने भएको छ ।