१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनाः सबै शव सङकलन भइसकेपछि मात्रै पहिचान थालिने



अ+ अ-

गण्डकी । पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ ।

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६० जनाको शव सेती खोँचबाट निकालिएको छ भने ३१ वटा हस्पिटलमा लगिसकिएको छ ।

कठिन भौगोलिक अवस्थितिका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ ।