२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । 

शुक्रबार संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर मुलुकलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले संसदीय दलको बैठकले आपत्ति जनाएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । 

सर्वोच्चको फैसलाको विरोधमा देशभर भण्डाफोर गर्ने निष्कर्ष निकालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सम्मानित सर्वोच्च अदालतको तर्फबाट संविधानको धारा÷उपधाराको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रुपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो । 

निर्दलीय व्यवस्था तर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो । त्यसप्रति हाम्रो यो बैठकले आपत्ति व्यक्त गरेको छ र यसलाई व्यापक रुपमा जनताका विचमा भण्डाफोर गर्ने हामीले निष्कर्ष निकालेका छौँ । र यसलाई हामी व्यापक रुपमा जनताका विचमा पु¥याउने छौँ ।’

बैठकले ओली नेतृत्वको सरकारले बाढीपहिरो पीडित घाइतेलाई निशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै वर्तमान सरकारसँग घाइतेको निशुल्क उपचार गर्न माग पनि गरेको छ ।