३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालिका वधु’की ‘दादिसा’ सुरेखा सीकरीको निधन



अ+ अ-

काठमाडौं । बलिउड अभिनेत्री सुरेखा सीकरी (दादिसा) को आज निधन भएको छ। उनको ७५ वर्षको उमेरमा हृदयघातका कारण शुक्रवार बिहान निधन भएको उनको म्यानेजरले बताएका हुन् ।

सुरेखा केही महिनादेखि बिरामी थिइन्। गत वर्ष उनलाई मस्तिष्कघात पनि भएको थियो।

सुरेखाले सन् १९७८ मा ‘किस्सा कुर्सीका’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन्। उनले ‘तमस’ (सन् १९८८), मम्मो (सन् १९९५) र ‘बधाई हो’ (सन् २०१८) बाट सहायक अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कार समेत पाएकी थिइन्।

उनी अभिनित फिल्म ‘किस्सा कुर्सीका’ सन् १९७८ मा इन्दिरा गान्धीमाथि बनाइएको थियो। अमृत नाहटाको निर्देशन रहेको उक्त फिल्ममाथि सञ्जय गान्धीले संकटकालीन समय (१९७५(७७) मा प्रतिबन्ध लगाएका थिए। उक्त फिल्म पछि मात्रै रिलिज भएको थियो।

टेलिसिरियल ‘बालिका वधु’मा उनले दादीसा (हजुरआमा) को भूमिका निभाएकी थिइन्। जुन भूमिकाबाट उनले निकै चर्चा बटुलेकी थिइन्।