२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप



अ+ अ-

एजेन्सी । माल्दिभ्सका कोरोनाभाइरस विरुद्धको खोप लगाउने मिल्ने मध्ये ५० प्रतिशतले खोप लगाएका छन् ।   

सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा फथिमाथ नाज्ला राफेकले खोप लगाउन योग्य देशको कूल जनसङ्ख्याको आधा जनसङ्ख्या खोपयुक्त भएको जानकारी दिनुभयो । माल्दिभ्समा १८ वर्षभन्दा बढी उमेरका मानिसलाई खोप लगाउन मिल्ने मापदण्ड तय गरिएको अधिकारीहरुले बताएका छन् ।

माल्दिभ्समा गत फेब्रुअरी १ देखि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान शुरू गरिएको हो । अभियानअन्तर्गत माल्दिभ्सका नागरिक, माल्दिभ्सका बासिन्दा, कागजपत्र नभएका कामदार लगायतलाई खोप लगाउने गरिएको छ । माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ । 

स्वास्थ्य प्रवद्र्धन निकायले दिएको जानकारीअनुसार माल्दिभ्समा अहिलेसम्म तीन लाख २० हजार ५९ जनालाई कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाइएको हो । त्यसैगरी दुई लाख ५१ हजार २३२ जनालाई दुवै खोप लगाइ सकिएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

विश्व बैंकले सन् २०१९ मा सार्वजनिक गरेको विवरणअनुसार माल्दिभ्सको कूल जनसङ्ख्या पाँच लाख ३० हजार ९५३ रहेको छ ।