२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु तीन करोडको लगानीमा कालिज फार्म



अ+ अ-

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पाल्नुभएको हो ।

करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर रु तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताउनुभयो । केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उहाँको सोच रहेको छ ।

कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा छ महिना लाग्छ, उहाँले भन्नुभयो, “उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ ।”

कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अग्र्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज रु दुई हजार पाँच सय र पोथी रु एक हजार आठ सयमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । अण्डाको प्रतिक्रेट रु नौ सयमा बिक्री हुन्छ । उहाँले भन्नुभयो, “फार्ममा दैनिक एक हजार पाँच सयसम्म अण्डा उत्पादन हुँदै आएको छ ।”

अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हँुदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताउनुभयो । सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । रासस