२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कौवा मेरो सेलपुरी खा’



अ+ अ-

दोधारा चाँदनी । आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ ।

शास्त्री जनार्जन अवस्थीका अनुसार माघ १ गतेका दिन बिहानै घरका सबै सदस्यले नुहाएर घरका केटाकेटीले बिहानै कागलाई बोलाउने गरिन्छ । “ कौवाका मेरो सेलपुरी खा १” भन्दै घरको धुरीमा सेलपुरी राखेर कागलाई रोटी खान बोलाउने परम्परा रहिआएको उहाँले बताउनुभयो । “पुस मसान्तमा पकाएको मीठो परिकार सुरुमा पाकेको कागलाई छुट्याइन्छ”, उहाँले भन्नुभयो, “बिहानै उठेर साँझ राखेको सेलरोटी घरको छतमा राखेर कागलाई खान बोलाइन्छ ।”

उहाँका अनुसार भगवान रामले कागलाई तिहार दिएको हुनाले यो दिन कागलाई बोलाएर मिठो मसिनो खानेकुरा दिने गरिन्छ । नरहरि पर्वलाई सुदूरपश्चिममा महत्वका साथ हेरिन्छ । “यही पर्वमा पाकेको परिकारलाई पुसको पाक्य माघको खाक्य भनेर पनि भन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “यस दिन छोरीलाई पनि माइतमा बोलाएर मीठो–मसिनो खुवाउने चलन छ ।”

प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मीतबन्धुले नरहरि पर्व सुदूरपश्चिमेलीहरूको प्रमुख पर्व भएको बताउनुभयो । “विषेशगरी यो पर्वमा कागलाई बोलाएर रोटी खान दिने चलन हो”, उहाँले भन्नुभयोे, “नरहरिकै अवसरमा छोरीलाई माइतमा बोलाइन्छ सबै आफन्त एकापसमा भेला भएर मौलिक खानाका परिकार र कन्दमूलहरू खाने परम्परा छ ।” विशेषगरी नरहरिमा तरुल, तिल र सखरका परिकार खाने गरिन्छ । तिल र सखर खाँदा जाडोमा शरीरलाई ऊर्जा दिने भएकाले कन्दमुल खाने गरिन्छ ।

माघ महिनालाई महात्म्य महिनाका रूपमा मनाउने चलनअनुसार सुदूरपश्चिममा माघ पहिलो दिनलाई नरहरि पर्वका रूपमा मनाउने चलन रहेको पण्डित विष्णुदत्त पन्तले बताउनुभयो । उहाँले माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्वका दिन विभिन्न नदीनाला र धामहरूमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेका बताउनुभयो ।

सोही दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने जनविश्वास रहिआएको छ । नेपालमा बहुल जाति र समुदायको बाहुल्य रहेकाले विभिन्न जात र समुदायका मानिसले भिन्न तरिकाले यो पर्व मनाउने गरेको उहाँ बताउनुहुन्छ । “यो पर्व थारू समुदायले नयाँ वर्ष अर्थात् माघी धनेर मनाउँछन् अन्य समुदायले नरहरि मनाउँछन्”, उहाँले भन्नुभयो, “नरहरिमा सुदूरपश्चिमका धार्मिकस्थलमा घुइँचो लाग्ने गर्छ ।”

आज बिहानैदेखि कञ्चनपुरमा महाकाली नदी किनारका घाटहरू, कैलालीको गोदावरी धाम, डडेल्धुराको परशुराम धाम र कैलालीको हरिहरघाटलगायत यहाँका विभिन्न धार्मिकस्थलमा गएर स्नानका साथै पूजाआजा गर्नेको भीड लागेको छ । रासस




भर्खरै