२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोभिड महामारी पुनः बढ्यो, २४ घन्टामा १ हजार ४५६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी ।  कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा शनिबार त्यसको २४ घन्टा अघिदेखि गरेर एक हजार ४५६ जनाको ज्यान गएको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ यस संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ ।

यहाँका अधिकारीहरुले शनिबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड संक्रमणबाट निधन भएको बताएका छन् । त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी संक्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाखजना संक्रमितहरुमा २५७ जनाको निधन भएको तथ्यांकले देखएको बताइएको छ ।