२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको राजनीति तीन पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयोः सांसद थापा



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर समेत गर्नु भयो ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २/४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको समेत स्मरण गराउनु भयो ।

महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राख्नु भयो । उहाँले भन्नु भयो, ‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो । कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आईतबार फलानोले झुकाउन भएको थियो । सोमबार अर्कोले ठहरै पार्नु भयो । अहिले तपाईहरु सबैको मनमा के छ ? कुन चाँही भूतपूर्वले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याई राखेको होला । अस्ती सरकारलाई भोट किन हालेको होला । यो कुरा कसको मनमा छैन अहिले ।

तीन जना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडा भित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लव जस्तो । मैले अस्ती निर्वाचनको बेलामा भनेको थिए–मलाई निर्वाचित गराएर पठाउनु भयो भने कम्तिमा तीन वटा प्रधानमन्त्रीहरुको खेलको बीचमा ३/४ दिन भएपनि सकूला, नसकूला मेरो ठाउँमा छ । तर म तीन जना पूर्वप्रधानमन्त्रीहरु बीचको भएको खेल, झेल वा यो कुराहरुभन्दा फरक प्रसंगमा २/४ दिन भएपनि मुलुकलाई डोहोर्याउने प्रयास गर्छु ।

तपाईले याद गर्नु भयो भने मंसीर ४ गतेदेखि यहाँसम्म आईपुग्दा त्यही २/३ दिन भयो होला, जतिखेर नेपाली काँग्रेस संसदीय दलको निर्वाचन भयो । त्यो बेला अरु विषयमा कुराकानी भयो होला । त्यो भन्दा बाहिर मंसीर ४ गतेबाट यहाँसम्म आईपुग्दा कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्नु भयो भन्ने बाहेक हामीले पढेको, सुनेको, बझाएको समाचार सुन्नै परेन । हामी यहाँसम्म आईपुग्यौं ।’

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव समेत राख्नु भयो ।