१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राक्सिराङ गाउँसभाबाट सात प्रस्ताव पारित



अ+ अ-

मकवानपुर । मकवानपुरको उत्तरी दुर्गम क्षेत्रका रुपमा रहेको राक्सिराङ गाउँपालिकाको सम्पन्न १३औँ गाउँसभा वैठकबाट सो गाउँपालिकाको अर्धवार्षिक समीक्षासहित सात प्रस्ताव पारित गरिएको छ ।

राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा भएको सो सभामा कार्यपालिका सदस्य तथा वडा नं १ का वडाध्यक्ष बाविराम मोक्तानले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा तथा सात वटा प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा १४.१६ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा रु ४० करोड २९ लाख बजेट विनियोजन भएकामा सो गाउँपालिकाले चालु आर्थिक वर्षको छ महिनामा अर्थात् हालसम्म रु ६० लाख सात हजार खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सभा वैठकले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताको नाम अनुमोदन गर्नेसम्बन्धी प्रस्तावका साथै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पनि सर्वसम्वत पारित गरेको छ । यसैगरी सभा वैठकले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन नतिजा माथि छलफल गर्ने प्रस्ताव पारित गरेको थियो भने गाउँपालिका उपाध्यक्ष वनस्तम थिङद्वारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको थियो ।

आकास्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए/गरेका निर्णय अनुमोदनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्वतले स्वीकृत गरिएको छ । साथै आर्थिक वर्ष २०७७/७८ सम्मको बेरुजु नियमित गर्नेसम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मतले स्वीकृत भएको छ ।

गाउँपालिकाको उद्घाटनसत्रमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभा अध्यक्षतामा भएको वैठकमा प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले गाउँपालिकाको अवस्थाबारे जानकारी गराएका थिए । रासस