८ पुष २०८२, मंगलवार
,
Latest
एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ



अ+ अ-

डडेलधुरा । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।

घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ ।

मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । रासस