काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् ।
पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुने तालिका छ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड माधव नेपाल निवास पुगेको स्रोतले बताएको छ ।
गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तारमा अझै अन्योल छ । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अझै खुल्न सकेको छैन ।
दुई नेताहरु पछिल्लो समय नियमित छलफलमा जुटिरहेका छन् ।