२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले स्काभेटर पुरिँदा एकको मृत्यु



अ+ अ-

पाल्पा । तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ । पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् । पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

हिलोमा फसेको लु४त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए । पहिराले पुरिएर लु१क २४९६ नंका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताउनुभयो । बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु१क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिराबाट जोगिएका छन् ।

तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फसेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिराले पुरिएको सूचना अधिकारी त्वातीले बताउनुभयो ।