६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छुः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताउनु भयो । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले नै म यस्तो गर्छु भनेर बोल्दिन । तपाईहरुले उठाएका विषयहरुलाई छलफल गर्छु । व्यवसायीहरुले दिएका उचिव सुझाव र सल्लाहलाई ग्रहण गरिने छ । मन्त्रालयमा कामको चाङ लागेका छन् । त्यसले गर्दा महासंघले राखेका माग र सुझावहरुलाई ग्रहण गर्दै व्यवसायीहरुलाई निराश हुन नदिने गरी कोशिस गर्छु ।’

उहाँले व्यवसायीहरुको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिवद्धता महासंघलाई जनाउनु भयो ।