२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा  पु¥याइएको नेता पौडेलले बताउनुभयो । अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई बुझाउने निर्णय भएको बताउँँदै पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको बताउनुभयो । तर यसमा कतिपय सदस्य उजूरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् । 

अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने नेता पौडेलको भनाइ छ । साथै पुरानो  कार्यतालिका पनि केही फेरबदल हुनसक्नेछ । अब टेक्निकल पाटोको मात्रै काम बाँकी छ, नेता पौडेलले भन्नुभयो, ३,४ दिनमा क्रियाशील सदस्यहरुको हार्डकपी बुझाउँछौँ, सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँँदै निर्वाचन समिति र त्यहाँँबाट वडामा जानेछ ।

क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने नेता पौडेलले बताउनुभयो । क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेकोे र यसबाट नटुंगिएकालाई मापदण्डबाट टुंग्याएको बताउँँदै नेता पौडेलले मर्यादा उल्लंघन गरेर असहमति जनाउने विषयलाई कडाइका साथ रोक्नुपर्ने बताउनुभयो ।

सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीहरुकोमा पठाइएको र यसरी नेताहरुकोमा पठााउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलको भनाइ छ ।