२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा

क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा  पु¥याइएको नेता पौडेलले बताउनुभयो । अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई बुझाउने निर्णय भएको बताउँँदै पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको बताउनुभयो । तर यसमा कतिपय सदस्य उजूरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् । 

अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने नेता पौडेलको भनाइ छ । साथै पुरानो  कार्यतालिका पनि केही फेरबदल हुनसक्नेछ । अब टेक्निकल पाटोको मात्रै काम बाँकी छ, नेता पौडेलले भन्नुभयो, ३,४ दिनमा क्रियाशील सदस्यहरुको हार्डकपी बुझाउँछौँ, सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँँदै निर्वाचन समिति र त्यहाँँबाट वडामा जानेछ ।

क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने नेता पौडेलले बताउनुभयो । क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेकोे र यसबाट नटुंगिएकालाई मापदण्डबाट टुंग्याएको बताउँँदै नेता पौडेलले मर्यादा उल्लंघन गरेर असहमति जनाउने विषयलाई कडाइका साथ रोक्नुपर्ने बताउनुभयो ।

सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीहरुकोमा पठाइएको र यसरी नेताहरुकोमा पठााउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलको भनाइ छ ।