२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

एसियन भलिबल च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउन नपाउने

एसियन भलिबल च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउन नपाउने
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट बञ्चित भएको छ । महिना दिन देखी तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन् ।

पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागि हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले जारी गरेको तालिका पछि केही निराश बनायो । ठूलो प्रतियोगिता खेल्ने पाउने उमंगका साथ तयारी गरेको महिला टोलीलाई उक्त तालिकाले स्तब्ध पनि भए । आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएसँगै नेपालको अवसर गुमेको छ । कोरोना भाईरसको रेड जोनमा नेपाललाई समावेश गरेका कारण एभीसीले प्रतियोगितामा समावेश नगरेको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

नेपाल रेड जोनमा परेको भन्दै आयोजकले नेपाललाई समावेश नगरेको भलिबल संघले यस अघि विज्ञप्ती जारी गरिसकेको छ । अन्तिम समयमा आएर महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने मौका गुमाउँदा खेलाडी निराश भएको कप्तान अरुणा शाहीले बताइन् । ठूलो प्रतियोगितामा सहभागिता जनाउने मौका गुमाए पनि अन्य प्रतियोगितामा टोलीले राम्रो गर्ने विश्वास व्यक्त गरिन् ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुँदै छ । नेपालको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारीको वातावरण मिलाएको थियो । तर अन्तिम समयमा आएर नेपाल प्रतियोगिता भन्दा बाहिर हुँदा ठूलो प्रतियोगितामा सहभागि हुने राम्रो अवसर गुमेको हो । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन । प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने प्रतियोगितामा उच्च प्राथमिकता दिने समेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

कोभिडका कारण झण्डै डेढ वर्ष रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागीतालाई एसियन च्याम्पियनसिपबाट ढोका खोल्ने नेपालको लक्ष्य अधुरै बनेको छ । पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एसियाली प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव बटुल्ने योजनामा पनि धक्का लागेको छ । प्रतियोगिता तयारीका लागि नेपाल भलिबल संघले असार १ गतेबाट खेलाडीको प्रारम्भिक प्रशिक्षण समेत सुरु गरेको थियो । संघको छनोट समितिले प्रारम्भिक ३० सदस्यीय टोलीबाट १८ खेलाडी छनोट गरेको थियो । संघले दोस्रो चरणमा ९ खेलाडीलाई बाहिर राख्दै प्रतियोगिताको तयारीलाई तीब्रता दिइरहेको थियो । नेपालले सहभागिता नजाउने भएपछि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरुलाई शनिबारै भलिबल संघले घर पठाएको छ ।