२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन भलिबल च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउन नपाउने



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट बञ्चित भएको छ । महिना दिन देखी तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन् ।

पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागि हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले जारी गरेको तालिका पछि केही निराश बनायो । ठूलो प्रतियोगिता खेल्ने पाउने उमंगका साथ तयारी गरेको महिला टोलीलाई उक्त तालिकाले स्तब्ध पनि भए । आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएसँगै नेपालको अवसर गुमेको छ । कोरोना भाईरसको रेड जोनमा नेपाललाई समावेश गरेका कारण एभीसीले प्रतियोगितामा समावेश नगरेको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

नेपाल रेड जोनमा परेको भन्दै आयोजकले नेपाललाई समावेश नगरेको भलिबल संघले यस अघि विज्ञप्ती जारी गरिसकेको छ । अन्तिम समयमा आएर महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने मौका गुमाउँदा खेलाडी निराश भएको कप्तान अरुणा शाहीले बताइन् । ठूलो प्रतियोगितामा सहभागिता जनाउने मौका गुमाए पनि अन्य प्रतियोगितामा टोलीले राम्रो गर्ने विश्वास व्यक्त गरिन् ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुँदै छ । नेपालको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारीको वातावरण मिलाएको थियो । तर अन्तिम समयमा आएर नेपाल प्रतियोगिता भन्दा बाहिर हुँदा ठूलो प्रतियोगितामा सहभागि हुने राम्रो अवसर गुमेको हो । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन । प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने प्रतियोगितामा उच्च प्राथमिकता दिने समेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

कोभिडका कारण झण्डै डेढ वर्ष रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागीतालाई एसियन च्याम्पियनसिपबाट ढोका खोल्ने नेपालको लक्ष्य अधुरै बनेको छ । पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एसियाली प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव बटुल्ने योजनामा पनि धक्का लागेको छ । प्रतियोगिता तयारीका लागि नेपाल भलिबल संघले असार १ गतेबाट खेलाडीको प्रारम्भिक प्रशिक्षण समेत सुरु गरेको थियो । संघको छनोट समितिले प्रारम्भिक ३० सदस्यीय टोलीबाट १८ खेलाडी छनोट गरेको थियो । संघले दोस्रो चरणमा ९ खेलाडीलाई बाहिर राख्दै प्रतियोगिताको तयारीलाई तीब्रता दिइरहेको थियो । नेपालले सहभागिता नजाउने भएपछि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरुलाई शनिबारै भलिबल संघले घर पठाएको छ ।