२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपका वकिल भन्छन्– क्यानले सन्दीपको क्याप्टेनसिप फिर्ता दिनुपर्छ



अ+ अ-

काठमाडौँ । अदालतले धरौटीमा छाड्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेलाई क्याप्टेनमा पुनर्वहाली गर्न उनका वकिल सरोजकुमार घिमिरेले क्यानलाई सुझाव दिएका छन् ।

लामिछानेको रिहाइ प्रक्रिया सुरूसँगै वकिल घिमिरेले उनी राष्ट्रिय टिममा फर्किन नरोकिने बताएका हुन् । उनले खेलको विषयमा अदालतले कुनै आदेश गर्नुपर्ने आवश्यक नरहेको बताए ।

‘खेलको विषयमा आदेश गर्नुपर्ने आवश्यक नै छैन । सन्दीप थुनामा परेकाले सस्पेन्सन गरेको । थुना बाहिर भएकाले क्यानले क्याप्टेनसिप फिर्ता दिनुपर्ने हुन्छ । हेर्नुस् न क्रिकेट कुन अवस्थाबाट गुज्रिएको छ । सिरियसली नै क्यानले क्रिकेटलाई महत्वपूर्ण लिन्छ भने उनलाई क्याप्टेनको रूपमा लिनुपर्छ । दोषी त करार भइसकेको छैन ‘, घिमिरेले भने ।

घिमिरेले सन्दीप साढे २ बजेसम्ममा रिहा हुने जानकारी दिएका छन् । ‘धरौटीको रकम परिवारले जम्मा गर्दै हुनुन्छ । उच्चबाट फायल जिल्लामा गएपछि पत्र लिएर आउने र स्वास्थ्य जाँच हुनेछ । तारेख लिने काम हुन्छ । साढे २ बजेसम्ममा उनी छुट्छन्’, उनले भने ।

बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले बिहिवार २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप थुनामुक्त भएपनि अदालतको सर्तहरु पालना गर्नुपर्ने उनका वकिलले बताए । उनले भने, ‘महत्वपूर्ण सर्त छन् । सन्दीपले पालना गर्नुपर्ने हुन्छ । यस्तो अपराधमा यो युनिक आदेश हो ।’