२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यका लागि चिसोले पानीले नुहाएको ठीक कि तातो ?



अ+ अ-

काठमाडौं । गर्मीमा चिसो पानीले नुहाउँदा स्वर्गीय आनन्द आउँछ तर हिउँदमा चिसो पानी शरीरमा पार्ने कल्पनासम्म पनि गर्न सकिन्न । त्यतिखेर त तातो पानी नै चाहिन्छ । चिसो र तातो पानीले शरीरमा गर्ने लाभ वा हानिका बारेमा जानकारी हुनु जरूरी छ ।

चिसो पानीले नुहाउँदा हुने फाइदा
चिसो पानीले नुहाउँदा शरीर ताजा र चुस्त हुन्छ र शारीरिक सौन्दर्य बढ्छ ।

यसले रक्तसञ्चारलाई पनि राम्रो गराउँछ ।

चिसो पानीले नुहाउँदा शरीर फुर्तिलो र ऊर्जावान् महसूस हुन्छ । यसले तनाव कम गराउँछ र राम्रो निद्रा ल्याउँछ ।

चिसो पानीले नुहाउँदा शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ । शरीरमा संक्रमण हुने खतरा पनि कम हुन्छ ।

अनुहारमा फोकाफोकी आउँदा अनि शरीरको छाला चिलाउँदा चिसो पानीले नुहाउनु ठीक हुन्छ । चिसो पानीले रगत सफा बनाउँछ जसका कारण अनुहारमा निखार आउँछ ।

तर जाडोमा अनि रुघा र ज्वरो आएको बेलामा चिसो पानीले नुहाउनु हुँदैन ।

तातो पानीले नुहाउनुको फाइदा
जाडोमा तातो पानीले नुहाउँदा दिनभरिको थकान मेटाउन सजिलो हुन्छ ।

मांसपेशी बाउँडिएमा मनतातो पानीले नुहाउँदा राहत पाइन्छ ।

तर तातो पानीमा लामो समय नुहाउँदा छाला शुष्क हुन्छ ।

धेर तातो पानीले नुहाउँदा छाला चिलाउँछ र छालाको प्राकृतिक नमी हराउँछ । यसले गर्दा फोकाफोकी आउँछ ।

आयुर्वेदका अनुसार बिहान नुहाउनुछ भने चिसो पानी ठीक हुन्छ भने राति तातो पानी ठीक ।

नियमित काम गर्नुहुन्छ भने तातो पानीले नुहाउने सल्लाह दिइन्छ ।

मिर्गी रोग लागेको छ भने मनतातो पानीले नुहाउनुस् ।

मौसम, स्वास्थ्य स्थिति र शरीरको आवश्यकता अनुसार नुहाउने पानी चुन्नुस् ।