काठमाडौं । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादवपक्ष सरकारमा जाने भएको छ । शनिबार बसेको यादवपक्षको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको बताए । संसदमा जसपामा ३२ जना सांसदहरुको उपस्थित रहेको छ ।
उनका अनुसार जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पुनस्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ ।
जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताए । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् ।
यस्तै जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार आजको बसेको संसदीय दलको अनौपचारिक बैठकले आठ जना मन्त्री मागेको हो ।