• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

फुलहमसँग चेल्सी पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत फुलहमले जित निकालेको छ । गएराति भएको खेलमा फुलहमले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा कालीडोउ काउलीबालीले गोल गर्दै चेल्सीलाई १-१ को बराबरीमा ल्याए । ७३ औं मिनेटमा कार्लोस भिनिसियसले गोल गर्दै फुलहमलाई जित दिलाए ।

जितसँगै फुलहम १९ खेलबाट ३१ अंकसहित तालिकाको छैटौं स्थानमा छ । यता, पराजित चेल्सी १८ खेलबाट २५ अंकसहित १० औं स्थानमा छ ।