२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोल केसीको फिल्म ‘छड्के २’ मा भिटेनको र्याप



अ+ अ-

काठमाडौँ । युवापुस्तामाझ चर्चित रहेका र्यापर भिटेनले फिल्मका लागि र्याप तयार पार्नुभएको छ । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उहाँले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्याप गीत रेकर्ड गराउनुभएको छ ।

बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिनुभयो । “फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ”, भिटेनले भन्नुभयो ।

फिल्मका निर्माता प्रशान्त गिरीले ¥याप आवश्यक परेकाले समावेश गरिएको जानकारी दिनुभयो । “ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा अभिनेता केसीलाई अन्यभन्दा फरक पाउनु हुनेछ, हामी गीत–सङ्गीतमा समेत फरकपन दिन चाहन्छौँ”, निर्माता गिरीले भन्नुभयो । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ । चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्म ‘छड्के’ को सिक्वेल भएता पनि कथावस्तु नयाँ रहेको निर्देशक श्रेष्ठले बताउनुभयो ।

“नामको मात्र सिक्वेल हो, विषयवस्तु फरक छ”, निर्देशक श्रेष्ठले भन्नुभयो । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । रासस