२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध



file
अ+ अ-

डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिनुभयो ।

यसैगरी उक्त पहिराले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी बजारमा तीन दिनदेखि खानेपानीको हाहाकार भएको सिलगढी खानेपानी उपभोक्ता समितिका प्रमुख रामचन्द्र धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिराले बगाएको खानेपानी मर्मतका लागि कर्मचारी खटिए पनि ठाउँ–ठाउँमा पहिरो गएकाले मर्मत गर्न सकिएको छैन । पहिरो पन्छाई अवरुद्ध सडक सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका अर्का स्थानीयवासी पहलसिंह साउदले जानकारी दिनुभयो । जिल्लामा अहिले पनि वर्षा भइरहेको छ ।