७ मंसिर २०८१, शुक्रबार
,
Latest
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघको परिकार:‘पुसको पाक्य, माघको खाक्य’



अ+ अ-

पुसको अन्तिम दिन पकाउने माघको पहिलो दिन बिहान सूर्य नउदाउँदै नुवाइ-धुवाइ गरी परिकार खाने चलन छ कती ठाउमा रहेछ।

माघको पहिलो दिन घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी खाइन्छ मासको दाल, चामल हालेर पकाइने खिचडी सजिलोसँग पच्ने गर्छ । मासको दालमा भएको लौहतत्वले रगत बढाउँछ । माघे संक्रान्तिमा खाइने तिलको लड्डु बजारमा प्रायः माघ महिनाभरि नै पाइन्छ । गाउँघरतिर तिलले बनेको तिलौरी खाने गरिन्छ ।

केही वर्षअघि म अमेरिका जाँदा एक परिचित महिलाले भनिन्, ‘मोलासेस (Molasses)  स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ । त्यसैले म हरेक दिन एकचम्चा खाने गर्छु । यसले गर्दा मेरो हड्डी पनि बलियो भएको छ । मेरो शरीरमा रगतको कमी पनि भएको छैन ।’ उनको भनाइ सुनेर मैले भनें, ‘यो त बडो राम्रो कुरा रहेछ, म पनि किनेर नेपाल लैजान्छु ।’

अनि उनले सिसीमा राखेको मोलासेस देखाइन् । मैले चम्चा लिएर चाखें । त्यो त चाकुको जस्तै स्वादको थियो । तर चाकुमा यस्ता औषधीय गुण त छैनन् होला भन्ने विचार गरें । पछि गुगलमा सर्च गरेर हेर्दा मोलासेस भनेको त ‘चाकु’ नै रहेछ ।

अनि मैले चाकुका बारेमा विभिन्न पाठ्य सामग्रीहरु खोजेर अध्ययन गरें । अनि मलाई राम्ररी थाहा भयो कि हामीले कहिलेकाहीँविशेष चाडपर्व तथा समयमा खाने चाकु त ‘रगत बढाउने, हड्डी बलियो बनाउने’ तत्व पो रहेछ ।

चाकु र सखरले स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । तर चिनीले चाहिँफाइदाभन्दा बढी बेफाइदा गर्छ ।चाकु र सखरमा पर्याप्त मात्रामा क्याल्सियम पनि हुन्छ । साथै यसले शरीरमा पर्याप्त मात्रामा ऊर्जा दिन्छ । विभिन्न किसिमका तागत दिने बजारका औषधि होइन कि प्राकृतिक प्रक्रियाबाट बनेको चाकु खाँदा शरीरमा बढी ऊर्जा मिल्छ ।

खिचडी, तिल, चाकुमा धेरै पौष्टिक तत्व भएको थाहा पाएर नै यी खाद्यवस्तु खाने विशेष चाडपर्व नै प्रचलनमा आएको हुनुपर्छ । गर्भवती, सुत्केरीलाई चाकु र घिउ दिने चलन पनि यी वस्तुमा भएको विशेष पौष्टिक गुणहरुकै कारणले भएको हुनुपर्छ ।

माघ १ गते कन्दमूल (तरुल, पिँडालु, सखरखण्ड) खाने चलन छ । यी सबैमा पर्याप्त पौष्टिक ऊर्जा दिने तत्व हुन्छ । यी वस्तुहरु वर्षभरि जुनसुकै बेला पनि खाएर स्वस्थ रहन सकिन्छ । तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुने हुनाले यसलाई शक्तिवद्र्धक खानेकुराको रुपमा लिइन्छ ।

जाडो मौसममा शरीरलाई न्यानो राखिराख्न धेरै शक्ति चाहिन्छ, जुन तरुलमार्फत पूरा हुन्छ । यो रेसादार तरकारी हुनाले कब्जियतको समस्या कम गर्न मद्दत गर्छ । तरुलमा मानवशरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वहरु म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि पनि पाइन्छ । अफ्रिकातिर त यसलाई प्रमुख खाद्यान्नकै रुपमा प्रयोग गरिन्छ ।

तरुलमा पाइने सूक्ष्म पोषक तत्वले चिसोबाट बचाउन मद्दत गर्छ । तरुलको नियमित सेवनले बाथरोग भएका व्यक्तिलाई निकै लाभ मिल्छ । साथै तरुलमा एन्टिअक्सिडेन्ट, भिटामिन ‘सी’ तथा ‘बी’, क्यारोटिन नामक तत्वहरु हुन्छन् । ती तत्वले शरीरमा पौष्टिक तत्व पुर्याउनुका साथै विभिन्न रोगबाट बच्न पनि सहयोग गर्छन् ।

पिँडालु र तरुल दुवै उसिनेर अलिकति नून राखेर स–साना नानीहरुलाई दिन सकिन्छ । तरुल र पिँडालु दुवै तरकारी बनाएर भात, रोटी, चिउरासँग खान सकिन्छ । यसरी पकाउँदा टुसा उम्रेका गेडागुडी हालेपछि त यस्तो तरकारीको पौष्टिकता झनै बढ्न जान्छ । बालबालिकाको छिटो बढ्ने शरीरका लागि बाहिरका क्याप्सुल होइन, यस्ता प्राकृतिक खाना उपयुक्त हुन्छ । सखरखण्ड भिटामिन ‘ए’ र ऊर्जाको राम्रो स्रोत हो ।

थारुहरुले पनि माघी धुमधामसँग मनाउँछन् । यो दिन नयाँकामको थालनी गर्न शुभ मान्छन् । त्यसै गरी उनीहरुको समाजमा नयाँनाइके छान्ने, मीठा परिकार खाने चलन पनि छ ।
माघ १ गते खाइने खाद्यवस्तुले शरीरमा न्यानो दिने भएकाले सांकेतिकरुपमा यी खाना खाइन्छ तर अन्य बेलामा पनि यस्ता पदार्थको प्रयोग गरे रक्तअल्पता र कुपोषण कम हुन्छ ।
यस्ता वस्तुहरुमा पर्याप्त मात्रामा रेसादार पदार्थ हुन्छन् । त्यसैले कब्जियत हटाउन र शरीरलाई मोटोपनबाट बचाउन पनि यस्ता खाना लाभदायक हुन्छन् ।