५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

अफगानिस्तानका राजदूतकी छोरी पाकिस्तानमा अपहरित

अफगानिस्तानका राजदूतकी छोरी पाकिस्तानमा अपहरित
अ+ अ-

एजेन्सी । पाकिस्तानका लागि अफगानी राजदूतकी छोरीलाई हमलाकारीले अपहरण गरेर घाइते बनाइदिएको अधिकारीहरूले बताएका छन्।  

पाकिस्तानी राजधानी इस्लामावादमा सिलसिला अलिखिल शुक्रवार केही घण्टा अपहरणकारीको कब्जामा परेकी थिइन्।  

अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ राजदूतकी छोरीलाई ुचरम यातनाु दिइएको थियो र उसले त्यसबारे असन्तुष्टी दायर गर्नेछ।  

दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावयुक्त छ।  पाकिस्तानी अधिकारीहरूका अनुसार बीसको  उमेरमा रहेकी सिलसिला अलिखिललाई उनी यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आक्रमणकारीले पीटपाट गरेका थिए। 

अपहरणमुक्त भएपछि उनको एउटा अस्पतालमा उपचार गरिएको थियो।

په ډیری بښنی سره:
مجبور شوم چی د خپل لورکی سلسله علی خیل عکس دلته خپور کړم، چون په ټولنیزو شبکو کی د کوم بل چا عکس په غلطه نشر شوی، په داسی حال کی چی زه یی اصلأ نه پیژنم. مننه pic.twitter.com/Jjx2vQciKp

— Najibullah Alikhil (@NajibAlikhil) July 17, 2021

 

राजदूत नजिब अलिखिलले 'अमानवीय आक्रमण' को भत्सर्ना गर्दै अहिले उनकी छोरीको अवस्था 'ठीक हुँदै गएको' बताए।

अफगानी विदेश मन्त्रालयले आफ्नो 'गम्भीर चिन्ता' व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ।

The kidnapping and torture of the daughter of Afghanistan's ambassador to Pakistan is unfortunate and condemnable. I call on the Government of Pakistan to investigate the atrocity and bring the perpetrators to justice.

— Hamid Karzai (@KarzaiH) July 17, 2021

राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ। पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिद अहमदले प्रधानमन्त्री इमरान खानले दोषीलाई तत्काल पक्राउन गर्न चाहेको बताएका छन्। अफगानिस्तानमा हिंसा बढिरहेका बेला  पछिल्ला हप्तामा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गइरहेको छ। 

अफगान सरकारले पाकिस्तानले अफगानिस्तानभर विद्रोह गरिरहेका तालिबान लडाकुलाई सुरक्षित स्थान उपलब्ध गराएको आरोप लगाउँदै आएको छ। तालिबान लडाकुहरूले देशभरमा उसको नियन्त्रण बढाउँदै लगेको छ भने थुप्रै सीमा चौकीमा कब्जा जमाउँदै गएको छ।  

अमेरिकाले आफ्ना सुरक्षाकर्मी ११  सेप्टेम्बर अगावै अफगानिस्तानबाट फर्काउने भनेपछि अफगानिस्तानमा तालिबानी प्रभाव बढ्दै गएको छ।  अमेरिकाका अरू सहयोगी मुलुकहरू यूके लगायतले आफ्ना सबै सुरक्षाकर्मीलाई देश फर्काइसकेका छन्।  

पाकिस्तानले भने उसको भूमिबाट लडाकुहरूलाई आक्रमण गर्न दिएको भन्ने आरोप अफगानिस्तानमाथि लगाउने गरेको छ।