• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जित्यो



काठमाडौँ । पहिलो संस्करणको टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्स नेपालले जितेको छ । विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रनमा सीमित भयो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन योगदान गरे । यस्तै, हुसेन टलत १३ रन र पृथु बास्कोटा ३१ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीका हर्मीतसिंह र सागर ढकालले समान दुई विकेट लिँदा विपुल शर्मा र किशोर महत्तोले एक-एक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी चार बल बाँकी रहँदा अलआउट हुँदै १ सय ३३ रन जोडेको थियो ।

लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रनको योगदान गरे । हर्मीतसिंहले ३० रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा लुम्बिनीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका नन्दन यादव र राज ननन्ले समान दुई विकेट लिँदा सूर्य तामाङ, कियोन जोसेफ र कप्तान रोहित पौडेलले समान एक-एक विकेट लिए ।

समूह चरणमा १० मध्येका ८ खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफ पुगेको थियो । प्लेअफमा जनकपुर रोयल्सलाई हराउँदै लुम्बिनीले फाइनल यात्रा तय गरेको थियो ।

समूह चरणमा समान ५ जित र हारको नतिजा निकालेको विराटनगर १० अंकसहित तेस्रो स्थानमा रहेर इलिमिनेटर पुगेको थियो । इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराउँदै विराटनगरले दोस्रो क्लालिफायरमा स्थान बनायो । उक्त खेलमा जनकपुरलाई हराउँदै विराटनगरले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको थियो ।

विजेता बनेको लुम्बिनीले ५५ लाख प्राप्त गर्नेछ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो स्थानको जनकपुरले १० लाख र चौथो भएको काठमाडौंले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान २ लाख ५० हजार र इमर्जिङ खेलाडीलाई १ लाख ८० हजार प्रदान गरिनेछ ।