५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लियो– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएसँगै आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिएको बताउनुभएको छ ।

पृथ्वीनारायण शाहको ३०१औँ जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई अब राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, “संसद्मा नेपाली कांग्रेससहित दलहरुले विश्वासको मत दिएपछि वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको छ, यसले सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।”

प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताउनु भएको छ । उहाँले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

“ विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु ।” प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताउनुभयो । “निर्वाचन अभियान दौरानमा तपाइँहरुको अगाडि गरेको वाचा कबुलहरु राम्रैसँग सम्झना छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “गोरखाको जिल्लाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई गर्व पनि छ ।” उहाँले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यवादसमेत दिनुभयो ।

प्रधानमन्त्री दाहाल संगै उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं गोरखा जानु भएको छ । महोत्सब २७ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छ । रासस