२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लियो– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएसँगै आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिएको बताउनुभएको छ ।

पृथ्वीनारायण शाहको ३०१औँ जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई अब राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, “संसद्मा नेपाली कांग्रेससहित दलहरुले विश्वासको मत दिएपछि वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको छ, यसले सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।”

प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताउनु भएको छ । उहाँले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

“ विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु ।” प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताउनुभयो । “निर्वाचन अभियान दौरानमा तपाइँहरुको अगाडि गरेको वाचा कबुलहरु राम्रैसँग सम्झना छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “गोरखाको जिल्लाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई गर्व पनि छ ।” उहाँले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यवादसमेत दिनुभयो ।

प्रधानमन्त्री दाहाल संगै उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं गोरखा जानु भएको छ । महोत्सब २७ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छ । रासस