२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
काठमाडौँको बौद्धमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने पानी जहाज कार्यालयबाट अनुमति नलिई व्यवसायिक रुपमा पानी जहाज सञ्चालन गर्न नपाइने राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारे: ज्ञानेन्द्र शाही राप्रपालाई प्रधानमन्त्रीको प्रश्न- संसदको सपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने ? काठमाडौंमा शिक्षकहरुको आन्दोलन जारी– तस्बिरहरु बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री एशिया-प्यासिफिक ग्लोबल एक्सेलेरेटर नीति फोरम: सीप, रोजगार र सामाजिक सुरक्षामा लगानी वृद्धि आवश्यक आईपीएलमा आज कोलकाता र लखनऊ खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने



अ+ अ-

नयाँदिल्ली । नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत (.हाइब्रिट) जातका पशु लगेर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताउनुभयो ।

भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्च ९एसजेएफ० को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली पत्रकारको प्रतिनिधिमण्डलसँग नयाँदिल्लीस्थित दूतावासको कार्यालयमा कुराकानी गर्दै राजदूत डा शर्माले अमलेखगञ्जबाट चितवन हुँदै झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन हुने जनाउनुभयो ।

उहाँले नेपालले माग गरेअनुसार हवाई रूट थपका लागि दई देशबीचको प्राविधिक समूहको बैठक हुनुपर्ने र लामो समयदेखि थन्किएका मुद्दाको समाधानका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान र संवाद हुनुपर्ने बताउनुभयो । भारतका गृहमन्त्री राजनाथ सिंहसँग हालै एक कार्यक्रमका सन्दर्भमा राजदूत डा शर्माको कुराकानी भएको थियो । सो क्रममा गृहमन्त्री सिंहले नेपालको नयाँ सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्नुभएको थियो ।

सो अवसरमा मञ्चका नेपाल शाखा संयोजक प्रकाश सिलवालले “राष्ट्र निर्माणमा पत्रकारको भूमिका” विषयक उक्त अन्तर्राष्ट्रिय सम्मेलनका विषयवस्तुबारे अवगत गराउनुभएको थियो । रासस