२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकरण पदयात्रा हनुमानढोकामा– फोटोफिचर



अ+ अ-

काठमाडौँ । ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २१ गते गोरखाबाट शुभारम्भ भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै मंगलबार हनुमानढोका पुगेको छ ।

नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु गरेको हो ।

गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन भएको हो ।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनीको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गण ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको थियो ।

उक्त पदयात्रा टोलीले धादिङ जिल्लामा तैनाथ फौजलाई, धादिङ जिल्लामा तैनाथ फौजले नुवाकोटको फौजलाई, नुवाकोटमा तैनाथ फौजले काठमाडौँस्थित नागार्जुनमा रहेको फौजलाई र नागार्जुनमा तैनाथ फौजले मंगलबार हनुमानढोकामा तैनाथ शार्दुलजङ्ग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गरेको हो ।