२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको जनाएको छ ।