काठमाडौं । नेकपा एमालेको आइतबार बसेको पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको हो ।
पार्टी उपाध्यक्ष बामदेव गौतमले भने यस्तो निर्णय गर्नु गलत भएको बताएका छन् ।
संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको उनको भनाई छ ।
सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज (आइतबार) साँझ विश्वासको मत लिँदैछन् ।