२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी कमिटीले ह्वीप लगाउनु गलत रहेको उपाध्यक्ष गौतमको ठहर



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेको आइतबार बसेको पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको हो । 

पार्टी उपाध्यक्ष बामदेव गौतमले भने यस्तो निर्णय गर्नु गलत भएको बताएका छन् । 

संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको उनको भनाई छ । 

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज (आइतबार) साँझ विश्वासको मत लिँदैछन् ।