२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड गोरखामा



अ+ अ-

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा जानु भएको छ ।

३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उदुघाटनका लागि दाहाल गोरखा जानु भएको हो ।

प्रधानमन्त्री दाहाल संगै उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं गोरखा जानु भएको छ । महोत्सब २७ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छ ।

गत पुस १८ गते गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको थियो । गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको थियो ।

दाहाल गत प्रतिनिधिसभा निर्वाचन, २०७९ मा गोरखा क्षेत्र नं २ बाट प्रतिनिभिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

तस्बिर: प्रधानमन्त्रीको सचिवालय।