३० कार्तिक २०८१, शुक्रबार
,
Latest
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ महानायक पद न मैले कहिल्यै दाबी गरेँ, न गर्नेछु – दीपकराज गिरी विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास नुवाकोटको माझिटारमा शीतभण्डार निर्माण छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक जारी नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डले गर्‍यो तीन ब्रोकर कम्पनीलाई कारबाही



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा स्टक ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई कारबाही स्वरुप नगद जरिवाना तिराएको छ ।

नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै सनी सेक्युरिटिज कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यस्तै, त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

त्यसैगरी, रेटिङ एजेन्सी कियर रेटिङ नेपाललाई पनि बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डले कियर रेटिङलाई रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएको हो ।