२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोप बाढी: कम्तीमा १२० जनाको मृत्यु, सयौँ बेपत्ता खोज्ने प्रयास जारी



अ+ अ-

कीर्तिमानी वर्षाले भीषण बाढी निम्त्याएपछि जर्मनी र बेल्जियममा अझै पनि सयौँ व्यक्तिहरू बेपत्ता छन्। स्वीट्जरल्याण्ड, लक्समवर्ग र नेदरल्याण्डमा पनि भीषण पानी परेको छ।

नेदरल्याण्डका प्रधानमन्त्रीमा देशको एउटा दक्षिणी प्रान्तमा राष्ट्रिय विपद् घोषणा गरेका छन्। युरोपेली नेताहरूले उक्त विपद्लाई जलवायु परिवर्तनको असर भनेका छन्।

औद्योगिक युग सुरु भएयता पृथ्वीको तापक्रम करिब १।२ सेल्सियसले बढीसकेको छ। एक सय जनाभन्दा बढीको ज्यान गएको जर्मनीमा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुअघि राष्ट्रपति फ्राँक-भाल्टर स्टाइनमायरले क्षतिका कारण आफू 'स्तब्ध' भएको बताएका छन्।

नर्थ राइन वेस्टफेलिया, राइनलन्ड पालाटिनेट र सारलेन्ड वर्षाका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएका थिए। राइनलन्ड पालाटिनेटको आरभाइलर जिल्लाका अधिकारीले शुक्रवार १,३०० जना हराइरहेको बताएका थिए।

तर उनले प्रत्येक घण्टा उक्त सङ्ख्या घटिरहेको पनि उल्लेख गरेका छन्। आरभाइलरको एउटा गाउँका बासिन्दाले एएफपी समाचार संस्थालाई कारहरू बगेका र युद्धभूमि जस्तै गरी घरहरू क्षतविक्षत भएको उल्लेख गरेका छन्।

शुक्रवार जर्मनीको खराब अवस्थाका कारण उद्धार टोलीहरूको काममा बाधा पुगेको थियो। टेलिफोन सञ्जालहरू बन्द भएका छन्। सडकहरू नराम्ररी भत्किएका छन् र लगभग एक लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ।

बेल्जियममा देशका १० मध्ये चार वटा प्रान्तमा खोज तथा उद्धारका लागि सेना परिचालन गरिएको छ। त्यहाँका प्रधानमन्त्रीले जुलाई २० अर्थात् मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेका छन्।

बेल्जियममा बाढीका कारण २० जनाको ज्यान गएको छ र यसलाई हालसम्मकै खराब विपद् भनिएको छ। लिएस सहरमा अकस्मात् आएको बाढी नियन्त्रणका लागि फ्रान्स, इट्ली र अस्ट्रियाबाट उद्धारकर्ताहरू खटिएका थिए।

नेदरल्याण्डको लिम्बर्ग प्रान्तका विभिन्न सहरमा पानीको सतह बढ्दा डुबान निम्तिएपछि हजारौँ मानिसहरू घरबाट भागेका छन्। त्यहाँ एउटा तटबन्ध पनि भत्किएको छ।

मास्ट्रिख्ट र नजिकका कतिपय नगरमा पानीको सतह घट्दा मानिसहरू शुक्रवारबाट घर फर्कन थालेको बताइएको छ। स्वीट्जरल्याण्डमा भीषण वर्षापछि ताल र नदीहरूमा पानीको सतह बढेको छ।

राजधानी बर्नमा बग्ने एउटा नदीको तट शुक्रवार भत्किएको थियो। लेक लुसेर्नका कारण नगर डुबानमा परेको छ र बाजलमा बस्ने मानिसहरूलाई नदीबाट परै बस्न भनिएको छ।