काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले शेरबहादुर देउवालाई विश्वासको मत नदिने हुनुभएको छ ।
सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल समूहमा पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुमा विभाजन देखिएको छ ।