५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको प्रतिक्रिया दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँलाई हर्ष र गर्वको अनुभुति भएको बताउनुभएको हो । उहाँले ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको पनि बताउनु भयो ।

उहाँले आफूलाई प्रमुख प्रतिपक्षि दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिवद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भएको पनि बताउनु भयो । सञ्चारकर्मीहरुको प्रतिप्रश्नको जवाफ दिँदै उहाँले आफूलाई प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रुपमा चित्रण गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हिजो तपाईहरुले मलाई यहीँ ठाउँमा सोध्नुभएको थियो भोलि के हुन्छ विश्वासको मत ? भन्नुहुन्थ्यो । मलाई सिङ्गै हाउसको समर्थन हुन्छ भनेको थिएँ मैले । त्यो त मैले अनुमानको आधारमा भनेको थिएँ । आज त्यो यथार्थमा परिणत भएको छ । मलाई निकै हर्ष र गर्वको अनुभुति भएको छ । साथसाथै निकै ठूलो जिम्मेवारी र चुनौति थपिएको पनि मैले महशुस गरेको छु ।

यो अपार विश्वास जो सदनबाट मलाई प्राप्त भएको छ । तपाईहरुले भनेजस्तो त्यस्तो कुनै दुईवटा खुट्टा, तीनवटा खुट्टा होइन यो । यो एउटा जिम्मेवारीको कुरा हो । यो एउटा चुनौतिको कुरा पनि हो । मैले जे प्रतिवद्धता व्यक्त गरेको छु, ति प्रतिवद्धता पूरा गर्ने एउटा ठूलो ऊर्जा पनि यसले दिएको छ । मलाई लाग्छ आउने दिनमा हामीले प्रश्तुत गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढ्ने छन् ।’

उहाँले सरकारले गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढाउने पनि स्पष्ट पार्नुभयो ।